मन्त्रीको लागि भैंसेपाटीमा २७ वटा सुविधा सम्पन्न भवन तयार

संघीय सरकारका सबै मन्त्रीहरू ढिलोमा आगामी वैशाख महिनासम्म भैंसेपाटीस्थित सुविधा सम्पन्न भवनमा सर्दैछन्। संघीय सरकारका मन्त्रीका लागि भैँसेपाटीमा २७ वटा सुविधासम्पन्न भवन तयार भएका छन्। त्यहाँ संघीय सरकारका मन्त्रीसहित राष्ट्रियसभाका अध्यक्ष, राष्ट्रियसभाका उपाध्यक्ष तथा प्रतिनिधिसभाका उपसभामुख पनि बस्ने भएका छन्।

सहरी विकास मन्त्रालयका सचिव डा रमेशप्रसाद सिंहले सकेसम्म आगामी चैत महिनामा, कारणवश चैतमा नसके वैशाख महिनासम्म पुल्चोकस्थित मन्त्री क्वार्टरलाई भैंसेपाटीमा सार्ने तयारी भएको बताए। ‘भवन निर्माण भइसकेका छन्। रंगरोगन र फिनिसिङको मात्र काम बाँकी छ,’ सिंहले भने, ‘त्यो काम पनि चैतसम्म पूर्णरूपमा सक्ने योजना छ।’

९६ रोपनी १० आना जग्गामा फैलिएको मन्त्री क्र्वाटर निर्माणका लागि सरकारले एक अर्ब तीन करोड ४६ लाख ८३ हजार रूपैयाँ वजेट छुट्टयाइएको छ। विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका अनुसार हालसम्म ५७ करोड २३ लाख रूपैयाँ खर्च भइसकेको छ। प्रत्येक भवन करिब ७ आना जग्गामा फैलिएका छन्। सहरी विकास मन्त्रालयका अनुसार मन्त्री आवासीय गृहमा जिम हल, पौडी पोखरी, सामुदायकि भवन, किराना पसल तथा सुरक्षा निकायका लागि बस्ने व्यवस्था मिलाइएको छ। प्रत्येक भवनको माथिल्लो तलामा योगका लागि कोठा छुट्टयाइएको छ।

मन्त्रालयका अनुसार प्रत्येक भवनमा आगन्तुकका लागि भूइँतलामा प्रतीक्षा कोठा, बैठक कोठा ९सामान्यतया १५ जना व्यक्ति अटाउन सक्ने०, निजी कोठा तथा स्वकीय सचिव बस्ने कोठा व्यवस्था गरिएको छ। यसैगरी दोस्रो तलामा आवासका लागि कोठा छुट्टयाइएको छ। यसमा बेडरुम पनि राखिएको छ। प्रत्येक भवनमा एउटा पूजा कोठा पनि राखिएको छ। नागरिक दैनिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार