यादव शर्मा वागमती प्रदेश प्रमुखमा सिफारिस

सरकारले वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई हटाएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले प्रसाईलाई हटाएर उहाँको ठाउँमा यादवचन्द्र शर्मालाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

एमाले विभाजन गरेर अर्को पार्टी खोल्नेबित्तिकै गठबन्धन सरकारले माधव नेपाललाई सत्तामा जिम्मेवारी दिन शुरू गरेको छ ।

शर्मा माधव नेपाल प्रधानमन्त्री हुँदा प्रमुख स्वकीय सचिव थिए भने नेपाल नेतृत्वको एमाले विभागका सचिव थिए ।

माधव नेपालका सदावहार सहयोगी शर्मालाई उहाँले राजदूत बनाउनका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई आग्रह गर्नुभएको थियो। तर ओलीले शर्माको साटो माधव नेपाल निकटकै एमाले नेता बंशीधर मिश्रलाई बंगलादेशको राजदूत बनाउनुभएको थियो।

पदमुक्त भएका विष्णु प्रसाई पनि एमालेकै नेता हुन् ।-nepalinetwork

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार