सोलुखुम्बुको एउटै स्थानीय तहको बेरुजु १२ करोड


सोलुखुम्बु । एक नगरपालिका सहित आठ स्थानीय तह रहेको सोलुखुम्बुको एउटै स्थानीय तहमा १२ करोड बेरुजु देखिएको छ । महालेखा परीक्षकको प्रतिवेदन अनुसार माप्य दूधकोशी गाउँपालिकामा १२ करोड १६ लाख ५६ हजार रुपियाँ बेरुजु पाइएको हो ।

यससँगै जिल्लाका आठ स्थानीय तहको बेरुजू रकम करिब ३१ करोड देखिएको छ । महालेखा परीक्षकको कार्यालयको ५८ औँ प्रतिवेदनमा आर्थिक बर्ष २०७६/७७ को बेरुजु रकम ३० करोड ९९ लाख ८१ हजार रुपियाँ रहेको छ ।

प्रतिवेदनमा दोस्रो धेरै बेरुजु रकम खुम्बु पासाङल्हामू गाउँपालिकाको देखिएको छ । खुम्बुको आठ करोड ८६ लाख २२ हजार रुपियाँ बेरुजु रहेको छ । सोलुदूधकुण्ड नगरपालिकाको तीन करोड ७० लाख ४२ हजार रुपियाँ, नेचासल्यान गाउँपालिकाको तीन करोड ४४ लाख ५३ हजार रुपियाँ बेरुजु उल्लेख गरिएको छ ।

त्यस्तै, लिखुपिके गाउँपालिकाको एक करोड ३१ लाख आठ हजार, थुलुङ दूधकोशी गाउँपालिकाको ८६ लाख चार हजार, सोताङ गाउँपालिकाको ३६ लाख ९२ हजार रुपियाँ र सबैभन्दा कम बेरुजु महाकुलुङ गाउँपालिकाको २८ लाख चार हजार रुपियाँ बुरुजु रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार