सोलुखुम्बुमा एक जना नगर प्रहरी खोलामा बेपत्ता

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाका नगर प्रहरी दावा तेन्जी शेर्पा खोलामा परी बेपत्ता भएका छन् । मंगलबार दिउँसो १२ बजे सोलुदूधकुण्ड नगरपालिका २ मोपुङको वासाखोलामा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रदेश ३ १०२००८ प ३१५३ नम्बरको मोटरसाइकलमा सल्लेरीबाट मोपुङ जाने क्रममा २२ वर्षीय शेर्पा मोटरसाईकल सहित बेपत्ता भएको प्रहरीले जनाएको छ ।

जनपथ प्रहरी, स्थानीय जनप्रतिनिधि, नगर प्रहरी, स्थानीयबासीले संयुक्त रुपमा खोजी कार्य जारी राखेको र उनी सवार मोटरसाइकल भेटिएको छ। लगातरको बर्षाले खोलामा पानीको सतह बढेकाले खोजी कार्य प्रभावित भएको छ।

शेर्पा खोला तर्ने क्रममा मोटरसाइकल सहित बेपत्ता भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार