गायक जेबी टुहुरेको नि’धन

काठमाडौ । गायक जेबी टुहुरे (जुठबहादुर खड्गी) को नि’धन भएको छ । लामो समयदेखि बिमारी भएका उनको आज नि’धन भएको हो ।

मस्तिष्कघा’त भएपछि टुहेरेको बल्खुस्थित बयोधा अस्पतालमा उपचारर भइरहेको थियो । ७६ वर्षिय टुहुरेकोआइसियुमा उपचार क्रममा नि’ धन भएकाे हाे ।

मंगलबार दिउँसो कलंकीस्थित घरमा अचानक बे’होस भएर लडेपछि उनलाई अस्पताल पुर्‍याइएको थियो। मस्तिष्कघा’तपछि उनको मस्तिष्कको ७० प्रतिशत भागमा अ’सर पारेको अस्पतालले जनाएको छ।

सुनसरीको धरान घर भएका टुहुरे वि.सं २०२४ सालदेखि प्रगतिशील सांस्कृतिक क्षेत्रमा लागेका हुन्। उनले ‘आमा दिदी बहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैं प्यासी बनेर, जस्ता चर्चित गीतहरु गाएका छन् ।

संविधानसभा सदस्य समेत रहेका टुहुरेको पा’र्थिव शरीर अन्तिम श्र’द्धान्जलीका लागि दिउँसो साढे १ बजेदेखि २ बजेस्म्म पार्टी कार्यालय पेरिसडाँडामा राखिने छ । उनको आजै पशुपति आर्यघाटमा अ’न्त्येष्टि गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार