नेपाली काँग्रेसमा क्रियाशील सदस्यता विवादबीच संस्थापन पक्ष र इतर समूहबीच कुरा मिलेपछि जिल्ला सभापतिहरुले अनसन तोडेका छन् । सानेपास्थित पार्टी केन्द्रीय कार्यालय पुगेर पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश लेखकले अनसन तोडाएका हुन् ।
क्रियाशील सदस्यहरुको नाम छुटेको भए पुनः नामावली समावेश गर्ने प्रतिवद्धता संस्थापन पक्षले गरेको थियो । योसँगै बुधबार देखि रिले अनसनमा बसेका सभापतिहरु महाधिवेशनमा केन्द्रित हुने भएका छन् ।
काँग्रेसले १८ भदौमा गाउँपालिका र नगरपालिकाको वडा तहको अधिवेशन गर्ने तय गरेको छ ।