अझै भेटिएनन् खोलामा बेपत्ता नगर प्रहरी शेर्पा, खोजी कार्यका लागि अपिल

सोलुखुम्बु । विगत छ दिनदेखि खोलामा परी बेपत्ता भएका सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाका नगर प्रहरी दावातेन्जी शेर्पालाई अझै भेटिएको छैन । नगर प्रहरी शेर्पा गएको मङ्गलबार दिउँसो सोलुदूधकुण्ड नगरपालिका–२ मोपुङको इदिङ खोलामा बेपत्ता भएका थिए ।

प्रदेश ३ १०२००८ प ३१५३ नम्बरको मोटरसाइकलमा सल्लेरीबाट मोपुङ जाने क्रममा बाटोमा पर्ने खोला तर्दा २२ वर्षीय शेर्पा मोटरसाइकल सहित बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

यसैबिच नगरपालिकाले एक अपिल जारी गर्दै नेपाली सेना, जनपथ प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, कर्मचारी, स्थानीय जनप्रतिनिधि, स्थानीयबासीले संयुक्त रुपमा खोजी कार्य जारी राखेको र हालसम्म फेला पार्न नसकेकाले खोजी कार्यमा सहयोग गर्न सबैलाई आग्रह गरेको छ ।

शेर्पा सवार मोटरसाइकल भने भेटिएको छ । लगातरको बर्षाले खोलामा पानीको सतह बढेकाले खोजी कार्य प्रभावित भएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार