भदौ २० बाट भौतिक रुपमा कक्षा सञ्चालन हुने

ललित कार्की/सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको सोलुदूधकुण्ड नगरपालिका–२ जुनबेशीस्थित जुनबेशी माध्यमिक विद्यालयले भौतिक रुपमा कक्षा सञ्चालन गर्ने तयारी गरेको छ । कोभिड १९ को दोस्रो लहरका कारण लामो समयदेखि भौतिक उपस्थितिमा हुन नसकेको पठनपाठन सञ्चालनमा ल्याउने तयारी भइरहेको विद्यालयले जनाएको छ ।

विद्यालयले सबै शिक्षकहरुलाई पहिला नै विद्यालयमा बोलाई पिसिआर परीक्षण गरी विभिन्न माध्यमबाट विद्यार्थीहरुलाई सिकाई सहजीकरण गराई रहेको जुनवेशी माविले कोरोना सङ्क्रमणको अवस्था सामान्य हुँदै गएकाले स्वास्थ्य मापदण्डको पूर्णपालना गरी भाद्र १० गतेबाट प्राथामिक तहको कक्षा सञ्चालन गर्दै आएको प्रधानाध्यापक भरतकुमार राईले बताउनुभयो ।

विद्यालयले टाडाबाट आउने विद्यार्थीहरुलाई विगतदेखिनै छात्राबासको व्यवस्था गरी अध्ययन अध्यापन गराउँदै आएको विद्यालयले सम्पूर्ण स्वास्थ्य सामाग्रीहरुको व्यवस्था गरी विद्यार्थीहरुलाई छात्राबासमा नै राखेर भाद्र २० गते आइतबारबाट कक्षा ६ देखि १० सम्म नै भौतिक रुपमा कक्षा सञ्चालन गर्न लागेको हो ।

करिब दुई सय विद्यार्थीहरु अध्ययनरत यस विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले उच्च शिक्षा हासिल गर्नका लागि विभिन्न दातृसंस्थाहरुले छात्राबृत्तिको व्यवस्था गरेको हुँदा सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकालगायत माप्यदूधकोशी, थुलुङदूधकोशी, नेचासल्यान, लिखुपिके, सोताङ र महाकुलुङ गाँउपालिकाका विद्यार्थीहरु अध्ययनरत छन् साथै ओखलढुङ्गा, रामेछाप, खोटाङ, सिराहा र नेपालगञ्जका समेत विद्यार्थीहरु अध्ययन गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार