विनोद बस्नेतसँग पहिलानै भद्र सहमति भइसकेको छ, म केसीकै स्वभाविक उमेदवार हुँ : बस्नेत

सोलुखुम्बु । नेपाली काँग्रेसको १४ औँ महाधिवेसनको महासंग्रामको पुर्वसन्ध्यामा सोलुखुम्बुबाट पनि जिल्ला नेतृत्वमा उमेद्वारी घोषणा गर्ने क्रम शुरु भएको छ ।

यस क्रममा महासमति सदस्य तथा सोलुखुम्बुका युवा नेता खिलाराज बस्नेतले सभापतिको सार्थक उमेदवार हुने बताउनुभएको छ ।
छोटो समयमा प्रभावशाली सञ्चार माध्यामका रुपमा स्थापित राष्ट्रिय टेलिभिजन योहो टेलिभिजनको एक अन्तरवार्ता कार्यक्रममा नेता बस्नेतले आफु बलबहादुर केसीकै समर्थन सहितको उमेदवारका रुपमा सभापति बन्ने दाबी गर्नुभएको छ ।

वर्तमान सभापति विनोद बस्नेतसँग आघिल्लो अधिवेसनमै यस पटक आफुलाई छोड्ने भद्र सहमति भइसकेको र त्यसको साक्षीका रुपमा बलबहादुर केसी रहनुभएकाले हल्लाको मात्र नभई आफु सार्थक उमेदवार बन्ने उहाँको भनाइ छ ।

केसीले आफ्नो ‘येस म्यान’ लाई नै अघि सारेर तपाईलाई असहयोग गर्नुभयो भने नि ? भन्ने पत्रकारको प्रश्नमा बस्नेतले आफुले त्यस्तो कल्पना समेत नगरेको जवाफ दिनुभयो । पहिलाको सहमति र हालसम्म आफु केसीकै नजिक रहेर काम गरेकाले विश्वस्त रहेको बताउनुभयो ।

वर्तमान सभापति विनोद बस्नेत असफल सभापति हुन त ? भन्ने प्रश्नमा नेता बस्नेतले अधिवेसनको मुखमा वर्तमान सभापतिलाई आफुले गाली नगर्ने बताउँदै उहाँको कार्यकालमा संघ र प्रदेसको सबै निर्वाचनमा पराजय बेहोर्नु परेको, आठ स्थानीय तहमा सात वटामा पराजय भएको र यस अवधिमा तारिफ योग्य काम केही हुन नसकेको भन्दै उहाँले वर्तमान सभापतिलाई घुमाउरो भाषामा असफल रहेको आरोप लगाउनुभयो ।

यस अधिवेसनमा लगानी, विचार, कार्यक्रम, योगदानका आधारमा पारदर्शी र सहमतिका आधारमा नेतृत्व चयन गर्न सोलुखुम्बुका कार्यकर्तालाई उहाँले आग्रह गर्नुभयो ।

काँग्रेसले १४ औँ महाधिवेशन अन्तर्गत गाउँ/नगर वडा अधिवेशन यही भदौ १८ गते, गाउँ/नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते तोकेको छ ।

यसैगरी काँग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार