काँग्रेस सोलुको वडा अधिवेसन भदौ २२ गते हुने, निर्वाचनमा खटिने शिक्षकलाई १८ गते अभिमुखीकरण

सन्तोष राउत/सोलुखुम्बु । नेपाली काँग्रेसको १४ औँ महाधिवेसनका सन्दर्भमा हुने वडा अधिवेसन सोलुखुम्बु जिल्लामा यही भदौ २२ गते हुने भएको छ ।

सोलुखुम्बुका लागि खटिई आउनुभएका जिल्ला निर्वाचन अधिकृत कैलाश गुरुङको समन्वयमा बुधवार सदुमुकाम सल्लेरीमा भएको काँग्रेस नेताहरु सहितको सहमतिमा जिल्लाका ५२ वटै वडाको अधिवेसन २२ गते मंगलबार गर्ने निर्णय भएको जिल्ला निर्वाचन अधिकृत कैलाश गुरुङले जानकारी दिनुभयो ।

निर्वाचनका लागि प्रत्येक वडामा खटाइने शिक्षकहरुलाई १८ गते विहान १० बजे अभिमुखीकरणका लागि बोलाइएको छ । नेपाली काँग्रेसले पार्टीको सबै तहका अधिवेसनका निर्वाचन गराउनका लागि नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन, नेपाल शिक्षक संघ लगायतका सुभेच्छुक संस्थासंग सहयोग लिने गरेको छ ।

काँग्रेसले १४ औँ महाधिवेशन अन्तर्गत गाउँ/नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते तोकेको छ ।

यसैगरी काँग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार