सोलुखुम्बुमा गुरुङ सहितको कारवाही फुकुवा, क्रियाशील सदस्यता नविकरण

सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बुमा कारवाहीमा परेका क्रियाशील सदस्यहरुको कारवाही फुकुवा भएको छ। यसअघि स्थानीय निर्वाचनमा बागी उम्मेदवार बनेका र तीनका प्रस्तावक समर्थकहरूको कार्वाही स्वरूप क्रियाशील सदस्यता नविकरण रोकिएको थियो।

थुलुङ दूधकोशी गाउँपालिकामा अध्यक्षको बागी उम्मेदवार बनेका वीर बहादुर गुरुङ, नेचासल्यान गाउँपालिका उपाध्यक्षमा बागी उम्मेदवार भएका नारायणकुमार निरौला, प्रस्तावक शिवप्रसाद आचार्य, नीर काजी पुलामी मगर र लाक्पा गेलु शेर्पाकाे सोलुदुधकुण्ड नगरपालिका वडा नं. ३ बाट क्रियाशिल सदस्य नविकरण गरिएको पत्र पठाइएको छ ।

पत्रमा १४ औं महाधिवेशन २०७८ क्रियाशिल सदस्यको छुट नामावली नविकरण भनेर उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार