काँग्रेस तिङलाको वडा सभापतिमा कार्की विजयी

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्लामा काँग्रेसको वडा सभापतिमा बालकुमार कार्की बिजयी भएका छन् । वडा सभापतिका अर्का दाबेदार फुर्वा शेर्पालाई १६ मतले पछि पार्दै सभापतिमा ७५ मत सहित कार्की बिजयी बनेका हुन् ।

जम्मा खसेको १४५ मत मध्ये फुर्वाले ५९ ल्याएका छन् । निर्वचित कार्की काँग्रेस आङ्गेलु शेर्पा निकट मानिन्छन् भने फुर्वा बल बहादुर केसी निकट मानिन्छन् ।

नवनिर्वाचित सभापति बालकुमार कार्कीले दिएको जानकारी अनुसार उपसभापतिमा समिता माया मगर तेजबहादुर कार्की, सचिवमा रामचन्द्र कार्की र भुवन कार्की, सहसचिवमा रामजी बस्नेत र यामबहादुर मगर निर्वाचित भएका छन् । क्षेत्रिय प्रतिनिधि खुला पुरुषमा नैनबहदाुर कार्की, केदार भक्त कार्की, थिरबहादुर कार्की, दुर्योधन कार्की, ओमसिंह कार्की टंकबहदाुर कार्की, महिलामा खुल्लामा अमृता कार्की, प्रमिला कार्की र सर्मिला खड्का, अपाङगमा नरेश कट्वाल, खस आर्यबाट ढालबहादुर कार्की, जनजातिबाट पुरुषबाट उत्तम भुजेल, हर्क बहादुर राई, आङ दावा शेर्पा रहेका छन् ।

दलितबाट निरकुमार नेपाली, दलित वडा ईकाई समिति विकास सार्की, जनजाति महिला गितामाया मगर र उमाकुमारी भुजेल रहेका छन् । समितिमा निर्विरोध सदस्य र खुल्ला महिला गरेर १२ सदस्य रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार