कारबाही फुकुवा भएका काँग्रेस नेता गुरुङ नेलेबाट सर्वसम्मत क्षेत्रीय प्रतिनिधि

फुकुवामा पर्नु भएका नेपाली काँग्रेसका नेता विरबहादुर गुरुङ मंगलबार सम्पन्न वडा अधिबेशनबाट क्षेत्रिय प्रतिनिधिमा सर्वसम्मत रुपमा चयन हुनु भएको छ ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा पार्टीले अन्याय गरेर टिकट नदिएको भन्दै बागि उम्मेदवार बने पछि गुरुङलाई अनुशासन समितिले कारबाही गरेको थियो ।
वडा अधिबेशनको पुर्वसन्ध्यामा पार्टी केन्द्रले कारबाही फुकुवा गर्दै क्रियाशिल सदस्यता नविकरण गरिदिए पछि पुर्व महाधिबेशन प्रतिनिधि गुरुङलाई थुलुङदुधकोशी गाउँपालिका वडा नम्बर १ ले सर्वसम्मत रुपमा क्षेत्रीय प्रतिनिधि चयन गरेको हो ।

गुरुङसँगै नेचासल्यानका नारायणकुमार निरौला र शिवप्रसाद आचार्य लगायतको क्रियाशिल सदस्य नविकरण भए पनि काँग्रेसकै एउटा खेमाले भने विरोध गरेको थियो ।

गुरुङसँगै नेले वडाबाट आउने १६ जना प्रतिनिधिनै सर्वसम्मत चयन भएका छन् । क्षेत्रीय प्रतिनिधिहरुमा रोशनबाबु थुलुङ, कुमार बस्नेत, शंकरबाबु कार्की, भरतबाबु कार्की, थीरबहादुर बस्नेत, अश्विन थापा, निधुराम खड्का, घनराज सुनुवार, धर्मपुजन सुनुवार, जमुना राई, सिता बस्नेत, कल्पना बस्नेत, पदमकुमारी राई, गितादेवि सुनुवार र टंक विक सर्वसम्मत चयन हुनुभएको छ ।

त्यस्तै अधिबेशनबाट चुडाबहादुर बस्नेतको सभापतित्वमा वडा समिति समेत चयन गरेको काँग्रेस नेता रोशनबाबु थुलुङले जानकारी दिनुभयो ।

समितिको उपसभापतिमा बलबहादुर कार्की र कर्णबहादुर खड्का, सचिवमा साजन गुरुङ र मिलन खत्रि र सहसचिवमा आङपासाङ तामाङ र लाक्पा शेर्पा चयन भएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार