एक हजार ५८ जना सङ्क्रमित, एक हजार ८४५ कोरोनामुक्त, १४ को मृत्यु

नेपालमा कोरोनाभाइरसका एक हजार ५८ जना सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ५८ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९४.७८ प्रतिशत  छ । मन्त्रालयले गएको चौबीस घण्टामा एक हजार ८४५ जना कोरोनामुक्त भएको जनाएको छ ।

गएको चौबीस घण्टामा १४ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म दश हजार ८९३ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

मन्त्रालयले हाल नेपालमा २८ हजार ६७८ जना सक्रिय सङ्क्रमित रहेको उल्लेख गरेको छ । नेपालमा २६१ जना क्वारेन्टिनमा छन् । मन्त्रालयका अनुसार बिहीबार ९२ हजार १६९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।-गोरखापत्र अनलाइन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार