सोलुखुम्बुमा पालिका र प्रदेश सभा क्षेत्रीय अधिवेशन सर्यो

सन्तोष राउत/सोलुखुम्बु । नेपाली काँग्रेसको १४ औँ महाधिवेसनका सन्दर्भमा सोलुखुम्बुमा पालिका र प्रदेश सभा क्षेत्रीय अधिवेशन निर्धारित मितिमा नहुने भएको छ।

भदौ २२ गते ५२ वटा वडामा अधिवेसन सकिएको सोलुखुम्बुमा पालिका र प्रदेश सभा क्षेत्रीय अधिवेशन केही दिन पछि सारिएको हो।

सोलुखुम्बुका लागि खटिई आउनुभएका जिल्ला निर्वाचन अधिकृत कैलाश गुरुङका अनुसार जिल्लाका कांग्रेस नेताहरूको सहमतिमा भदौ २७ गते तोकिएको पालिका अधिवेसन २९ गते र असोज १ गते हुने भनिएको प्रदेश सभा क्षेत्रीय अधिवेशन ३ गते गर्ने निर्णय गरिएको छ।

जिल्लाको भौगोलिक कठिनाइका कारण निर्धारित मितिमा मतदान अधिकृत सम्बन्धित स्थानमा पुग्न नसक्ने भएकाले सारिएको अधिकृत गुरुङले जानकारी दिनुभयो।

काँग्रेसले १४ औँ महाधिवेशन अन्तर्गत गाउँ/नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते तोकेको थियो ।

यसैगरी काँग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार