नगर सभापतिमा अर्का शेर्पाको उमेदवारी घोषणा

सोलुखुम्बु । सोलुखुम्बुको एक मात्र नगरपालिका सोलुदूधकुण्ड नगरपालिकाको नेपाली काँग्रेसको सभापतिमा मिङ्मारदोर्जी शेर्पाले उमेद्वारी घोषणा गर्नुभएको छ ।

वडा नम्बर २ का वडा अध्यक्ष समेत रहनुभएका शेर्पाले पालिकाको निर्वाचनमा सभापति पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको हो । एक कार्यक्रमको आयोजना गरी सभापतिको उमेदवारको घोषणा गर्नुभएका शेर्पा यसअघि आङगेलु शेर्पा समूहमा हुनुहुन्थ्यो । पछिल्लो समय शेर्पाले समूह परिवर्तन गर्दै बलबहादुर के.सी. समूहबाट उमेद्वारी घोषणा गर्नुभएको हो ।

यस घोषणासँगै नगरपालिकामा दुई समूहबिच प्रतिस्पर्धा हुने देखिएको छ । यसअघि आङगेलु शेर्पा समूहबाट सोनाम ग्याल्जेन शेर्पाले पनि स्थानीय सञ्चार माध्यामबाट नगर सभापतिको उमेद्वार घोषणा गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार