सोताङ गाउँपालिकाको कांग्रेस सभापतिमा गुरुङद्वारा उम्मेदवारी घोषणा

सोलुखुम्बुको सोताङ गाउँपालिकाको नेपाली काङ्ग्रेसको सभापतिमा जंग बहादुर गुरुङले उम्मेदवारी घोषणा गर्नुभएको छ। वडा नम्बर १ का वडा अध्यक्ष समेत रहनुभएका गुरुङले असोज ९ हुन गइरहेको पालिका अधिवेसनमा सभापतिको उम्मेदवारी दिने बताउनुभयो।

नेपाली काङ्ग्रेसको संगठन चलायमान बनाउदै पार्टीलाई विधि र पद्धति अनुसार अघि बढाउन आफूले सभापतिमा उम्मेदवारी दिन लागेको उहाँको भनाइ छ।

दिगो विकासको खाका तयार पारी जनतालाई कांग्रेसप्रति थप विश्वस्त बनाउने योजना समेत रहेको उहाँले बताउनुभयो।

आगामी स्थानीय तहको सबै वडामा कांग्रेसका उम्मेदवारलाई जीतको सुनिश्चितताका लागि समेत आफ्नो उम्मेदवारी रहेको गुरुङको दाबी छ। गाउँपालिकामा पार्टीको आफ्नै भवन समेत बनाउने उहाँले बताउनुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार