मन्त्रीका लागि छिटो नाम दिन प्रधानमन्त्रीको आग्रह

काठमाडौं।प्रधानमन्त्री देउवाद्धारा सत्ता गठबन्धनमा आवद्ध दललाई मन्त्रीका लागि छिटो नाम दिन आग्रह प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका नेताहरुसँग मन्त्रीको नाम दिन ताकेता गर्नुभएको छ ।

उहाँले सरकार गठनको दुई महिना पुग्दा पनि मन्त्रिपरिषदलाई पूर्णता दिन नसकिएको भन्दै गठबन्धनमा आवद्ध दलका नेताहरुलाई मन्त्रीका लागि छिटो नाम दिन आग्रह गर्नुभएको हो

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान गठबन्धनको बैठक बसेको थियो । ‘प्रधानमन्त्रीज्यूले मन्त्रिपरिषदलाई पूर्णता दिन निकै ढिलाइ भइसक्यो, अब छिटो नाम दिनुस् भन्नुभयो,’ बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले भनिन्, ‘सरकारले पूर्णता नपाउँदा सरकारका कामकारवाहीमै असर देखिन थालेको भन्ने प्रधानमन्त्रीको भनाइ थियो ।’

गठबन्धनका अन्य दलका नेताहरुले भने पार्टीभित्र छलफल भइरहेको भन्दै केही दिन पर्खिन भनेका थिए । उनीहरुले मन्त्रिपरिषदलाई पूर्णता दिन ढिलाइ भएको स्वीकार गरेपनि कहिलेसम्म मन्त्रीहरुको नाम दिने भन्नेमा ठोस जवाफ नदिएको पौडेलले बताउनु भएको छ ।

सत्ता गठबन्धनमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा आवद्ध छन् । बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष पौडेल सहभागी थिए ।

सर्वाेच्च अदालतको परमादेशपछि कांग्रेस सभापति देउवा २९ असारमा प्रधानमन्त्री नियुक्त भएका थिए । दिनहुँजसो गठबन्धनको बैठक बसे पनि मन्त्रिपरिषद विस्तार हुन सकेको छैन | -nepalinetwork

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार