साहस उर्जाको आईपिको नतिजा प्रकाशित(यसरी हेर्नुहोस्)

 

साहस उर्जा कम्पनीले गत साउन २९ गतेदेखि स्थानीयका लागि खुला गरेको आइपीओको नतिजा आज (मंगलबार) प्रकाशित गरेको हो । ३५ लाख कित्ता अर्थात ३५ करोड बराबरको रकम माग भएकोमा मागभन्दा झण्डै दोब्बर ६३ करोड अर्थात ३० करोड रुपैयाँ बढि रकमको आवेदन परेको थियो । कम्पनीले सोलखुम्बु जिल्लाका आयोजना प्रभावितका लागि कूल ३५ लाख कित्ता अर्थात् ३५ करोड बराबरको शेयर जारी गरेको थियो ।

साहस उर्जाले धितोपत्र बोर्डबाट १ करोड ५ लाख कित्ता साधारण शेयर (आईपीओ) जारी गर्न अनुमति पाएको थियो । जसमध्ये ३५ लाख कित्ता अर्थात ३५ करोड बराबरको शेयर प्रभावित जिल्ला सोलुखुम्बुका लागि जारी गरिसकेको छ । अब ७० लाख कित्ता अर्थात ७० करोड बराबरको आईपीओ देशभरीका सर्वसाधारणको लागि खुल्ला गर्ने पनि पाठकले बताए ।

साहस उर्जाले बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलाई सुम्पेको थियो । साहसले सोलुखुम्बु जिल्लामा ८६ मेगावट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

असोज पहिलो साता देशैभरिका लागि ७० लाख कित्ता आईपीओ जारी गर्ने अध्यक्ष हिम पाठकले बताए ।

https://result.niblcapital.com/?fbclid=IwAR2ZV6OS2yAEtCylPHQOi2-q4pml0-JUokeidyTgPOdzKftaDFuz4Ywz8lg#/ipo-result

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार