नगरपालिका-७ को वडा अधिबेशन नियमानुसार सम्पन्न भएको हो : निर्वाचन अधिकृत गुरुङ (विज्ञप्ति सहित)

सोलुखुम्बु । सोलुखुम्बुमा १४ औँ अधिबेशनको क्रममा विवादित भनिएको सोलुदुधकुण्ड नगरपालिकाको वडा नम्बर ७ मा सम्पन्न काङग्रेसको वडा अधिबेशनले वैधानिक मान्यता पाएको छ ।

भाद्र २२ गते वडा अधिबेशनका क्रममा १४ जना क्रियाशिलले बहिस्कार गरि अधिबेशन एक लौटि भएको भन्दै दिएको उजुरी उपर फैसला गर्दै निर्वाचन अधिकृत कैलाश गुरुङले मतदान अधिकृतको प्रतिवेदनको आधारमा पार्टीको विधान, नियमावली र निर्वाचन निर्देशिका अनुसार नै अधिबेशन भएको पाईएकोले उक्त अधिबेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि र वडा समितिलाई वैधानिकता दिएको जानकारी दिए ।

आज एक प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचिन अधिकृत गुरुङले ५२ वटै वडामा निर्वाचन सम्पन्न भएको भन्दै निर्धारित मिति मै उपल्लो तहको निर्वाचन हुने जानकारी दिएका हुन् । निर्वाचिन अधिकृत गुरुङद्वारा जारी विज्ञप्तिमा उक्ता वडामा सबै प्रक्रिया पुरा गरेर अधिबेशन सफलता पुर्वक सम्पन्न भएको उल्लेख छ । साथै निर्वाचन अधिकृत गुरुङले जिल्लाका केही वडामा बाहेक अधिकांश वडामा सर्वसम्मत रुपमा प्रतिनिधि चयन भएको बताए ।

नगरपालिकाको वडा नम्बर ७ को अधिबेशनको विषयलाई लिएर जिल्लामा नेपाली काङग्रेस भित्र उजुरीको पक्ष र विपक्षमा मत विभाजन भईरहँदा निर्वाचन अधिकृतले वैधानिकताको निर्णय गरेसँगै विवादको किनारा लागेको हो ।

यस अघि क्रियाशिल सदस्य राजकुमार प्रधान लगायतले अधिबेशनमा जालझेल भएको भन्दै उजुरी दिएका थिए भने अधिबेशन प्रक्रिया संगत भएको काङग्रेस नेता सोनाम ग्याल्जेन शेर्पाले दाबी गर्दै आएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार