१२ जिल्लाका सिडिओ सरुवा, को कहाँ (सुचीसहित)

गृह मन्त्रालयले १२ जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारीहरु पठाएको छ । मन्त्रालयले उपत्यकाका ललितपुर र भक्तपुरसहितका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको हो ।

१५ जना सरुवा भएकामा १२ जना जिल्लामा सिडिओका रुपमा खटाइएका छन् । ३ जना जिल्लाबाट गृह मन्त्रालयमा तानिएका छन् ।

ललितपुरमा घनश्याम उपाध्यायलाई ल्याइएको छ । भक्तपुरमा रुद्रादेवी शर्मा आएकी छिन् । गुल्मीमा पुण्य विक्रम पौडेल, गोरखामा शंकरहरि आचार्य, मोरङमा काशीराज दाहाल सरुवा गरिएका छन् ।

सरकार परिवर्तन भएसँगै उच्च तहका कर्मचारीहरुको निरन्तर सरुवा चलिरहेको छ । हिजो एकैपटक ठूलो संख्यामा सहसचिवहरुको सरुवा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार