काँग्रेसको क्रियाशिल सदस्यता विवाद अब चार जिल्लामा मात्रै

काठमाडौं । नेपाली काँग्रेसको क्रियाशिल सदस्यता विवाद अव चार जिल्लामा मात्रै सिमित भएको नेताहरुले दावी गरेका छन् । क्रियाशिल सदस्यता विवाद समाधान समितिका सदस्य प्रदिप पौडेलले चार जिल्ला बाहेक सवै जिल्लाको सदस्यता विवाद समाधान भएको जानकारी दिनु भएको हो ।

उहाँले पछिल्लो पटक विवाद समाधान भएका जिल्लाहरुको सदस्यता सूची आज वा भोली प्रकाशित हुने पनि नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभयो । त्यसैगरी विवाद कायमै रहेका डोल्पा, रसुवा, बाँके र धनुषा जिल्लाको विवाद पनि एक दुई दिनमा मिल्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

चार जिल्लाको विवाद केही गरी नमिलेमा त्यसलाई थाति राखेरै भएपनि महाविधेशन हुने नेता पौडेलले दावी गर्नुभयो । महाधिवेशनमा आफुले महामन्त्रीका लागि उम्मेदवारी दिने तयारी गरेको बताउदै उहाँले आफु अहिलेसम्म पार्टीका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समूहमा नै रहेको स्पष्ट पार्नुभयो ।

महामन्त्रीमा यसअघि नै सिटौला समूहबाट उम्मेदवार भएका अर्का युवा नेता गगनकुमार थापाले पनि सिटौला समूह नछोडेको उहाँले बताउनुभयो ।
“सिटौला समूह आफुले छोडेको अहिलेसम्म उहाँले बताउनु भएको छैन,” नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग नेता पौडेलले भन्नुभयो ।

नेता थापाले बरिष्ठ नेता रामचन्द्र पौडेलको समूहबाट महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेको चर्चा भइरहेका बेला उहाँले नयाँ सिराबाट संगठित हुनुलाई स्वभाविक मान्नु पर्ने धारणा राख्नुभयो ।नेपाली नेटवर्कबाट –

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार