मन्त्रिपरिषद् विस्तार, मन्त्री र राज्यमन्त्री थप

सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीमा तारा लामा तामाङ नियुक्त हुनु भएको छ । उहाँलाई प्रदेशप्रमुख गङ्गाराज यादबले शुक्रबार साँझ पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभयो ।

लामा नेकपा (एस) कञ्चनपुर अध्यक्ष हुनुहुन्छ । उहाँ यसअघि एमालेको प्रमुख सचेतक समेत हुनुहुन्थ्याे । उहाँ कञ्चनपुर क्षेत्र नम्बर १ क बाट प्रदेश सभामा निर्वाचित हुनु भएको हो । साथैअर्थ राज्यमन्त्रीमा माया तामाङ बोहरा नियुक्त हुनु भएको छ । उहाँ वझाङबाट प्रतितिनिधित्व गर्ने समानुपातिक प्रदेश सभा सदस्य हुनुहुन्छ । उहाँलाई मुख्यमन्त्री तृलोचन भट्टले सपथ ग्रहण गराउनुभयो ।

सो अवसरमा सभामुख अर्जुनबहादुर थापा र प्रदेश सरकारका मन्त्रीहरुको समेत उपस्थिति थियो । सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रका नेता त्रिलोचन भट्टको नेतृत्वमा माओवादी र नेकपा (एस) को संयुक्त सरकार रहेको छ । सो सरकारमा नेकपा ९एस० सात र माओवादीका चार जना सहभागी छन् ।-

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार