प्रदेश ‘क’ काङ्ग्रेस सभापतिमा थुलुङ र बाहिङको भिडन्त

सोलुखुम्बु प्रदेश ‘क’ को नेपाली काङ्ग्रेसको सभापति पदमा दुई नेताले उम्मेद्वारी घोषणा गरेका छन् । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनमा सोलुखुम्बुको प्रदेश ‘क’ क्षेत्रिय सभापतिका लागि काङग्रेस नेताद्धय रोशन बाबु थुलुङ र धनजन राईले उम्मेद्धारी घोषणा गरेका हुन्न् ।

नेता थुलुङ २०४६ सालको जनआन्दोलनदेखि नै नेपाली काङ्ग्रेसको राजनितीमा सक्रिय छन् । काङग्रेसको राज्य प्रशासन विभागका केन्द्रीय सदस्य समेत रहेका थुलुङले विद्यार्थी राजनितीदेखि सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।

काङ्ग्रेसको सोलुखुम्बु–काठमाण्डौँ सम्पर्क समितिको महासचिवको जिम्मेवारी सम्हालिसकेका उनी सामाजिक संस्था नेले विकास समाजको अध्यक्ष समेत बनिसकेका छन् । थुलुङदूधकोशी गाउँपालिका १ नेले स्थित जीवनज्योति माध्यमिक विद्यालयको व्यवस्थापन समितिको सदस्य समेत बनेका उनी निरन्तर राजनिती र समाज सेवामा निरन्तर सक्रिय छन् ।

क्षेत्रिय सभापतिका अर्का उम्मेदवार राई २०४८ सालदेखि निरन्तर नेपाली कांग्रेसको राजनितीमा सक्रिय छन् । नेचासल्यान १ मा जन्मेका उनी २०४९ सालमा साविकको सल्यान गाविसमा नेपाली कांग्रेसको तर्फबाट उपाध्यक्ष पदमा निर्वाचित भएका थिए ।

२०५४ सालमा सल्यान गाविसमा नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष पदमा निर्वाचित भए । उनी २०५५ सालमा कांग्रेस सल्यान गाउँ पार्टीको सभापति भएका थिए । राई पछिल्लो समय जिल्ला सचिवको जिम्मेवारीमा छन्।

थुलुङ आङगेलु शेर्पा समूहको र बाहिङ बल बहादुर केसी समुहबाट उमेदवार रहेको बताइन्छ। दुवै जनाको राजनीतिक पृष्ठभूमिमा हुर्केका नेता मानिन्छन्। थुलुङका बुबा रमेश थुलुङ सोलुखुम्बुकै  अग्रज बहुदलबादी नेता हुनुहुन्छ भने बाहिङका बुबा रामजीत राई पनि पञ्चायत विरुद्धको आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार