कांग्रेस सोलुखुम्बुको पालिका अधिवेशन असोज १२ मा हुने

आज हुन नसकेको नेपाली कांग्रेस सोलुखुम्बुको पालिका अधिवेशन असोज १२ गते मंगलबार हुने भएको छ ।

निर्वाचन अधिकृत कैलाश गुरुङले आगामि मंगलबार ८ वटै पालिकामा अधिवेशन हुने गरि निर्वाचनको मिति तोकिएको बताए ।

राजनैतिक सहमति अभावमा असोज ९ मा हुन नसकेको पालिका अधिवेशन असोज १२ मा भने सबै स्थानमा हुने गरि तयारी गरिएको अधिकृत गुरुङको भनाई छ । उक्त अधिवेशनका लागि मतदान अधिकृत समेत टुंगो लगाईएको छ ।

सोलुदुधकुण्ड नगरपालिकामा विदुर लामिछाने, थुलुङ दुधकोशीमा युवराज खतिवडा, नेचासल्यानमा उमाकान्त काफ्ले, सोताङमा पर्खि कुलुङ, महाकुलुङमा रित बहादुर बस्नेत, माप्य दुधकोशीमा सुमन बाँस्तोला, खुम्बु पासाङल्हमुमा खगेन्द्र बास्तोला र लिखुपिकेमा गंगाबहादुर कार्कीलाई मतदान अधिकृत तोकिएको हो ।

भोली सम्ममा प्रदेश सभा र जिल्ला अधिवेशनको मिति टुंगो लाग्ने निर्वाचन अधिकृत गुरुङले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार