नेकपा माओवादी केन्द्रले दियो संगठन निर्माणलाई तिव्रता

सोलुखुम्बु। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले संगठन विस्तारलाई तीब्रता दिएको छ।

सोलुखुम्बु जिल्लामा हरेक हिसाबले पहिलो पार्टी बनाउने संकल्पका साथ थुलुङ दुधकोसी पार्टी कमिटीको चौथो बैठक , भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको जिल्ला समन्वय समितिका सचिव असिम राईले जानकारी दिनुभयो।

भेलाले धर्मराज वनको संयोजकत्वमा ५ सदस्यिय निर्वाचन समिति गठन गरेको र सोही समितिले ९ वटै वडाहरुमा ३ सदस्यिय वडा निर्वाचन समिति गठन गर्ने निर्णय गरेको छ ।
सदस्यता नविकरण, नयाँ वितरण तथा लेवी संकलनलाई एक हप्ते अभियानको रुपमा हरेक वडावडा/टोलसम्म पुगेर कार्यक्रम सम्पन्न गर्ने समेत निर्णय गरेको छ।

राष्ट्रिय कार्यक्रम अन्तर्गत असोज २० गते थुलुङ दुधकोसी गाउँपालिकाका नौ वटै वडाहरुमा एकैसाथ वडा सम्मेलन सम्पन्न गर्ने लगायतका निर्णय गरेको सचिव राईले बताउनुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार