माओवादी केन्द्र माप्य दुधकोशीको प्रशिक्षण सम्पन्न

अर्जुन खालिङ/सोलुखुम्बु। नेकपा माओवादी केन्द्र माप्य दुधकोशी गाउँपालिकाको प्रशिक्षण भेला सम्पन्न भएको छ ।

भेलाले गत असोज पाँच गते बसेको जिल्ला समन्वय समितिको बैठकबाट माप्य दुधकोशी गाउँपालिकाबाट जिल्ला समन्वय समितिको सदस्यमा चयन भएकालाई सपथ ग्रहण गराएको छ भने गाउँपालिका कमिटी सदस्य थप गरेको छ।

सो अवसरमा विभिन्न विभागमा जिम्मेवारी समेत दिइएको छ। जसमा प्रचारप्रसार विभाग प्रमुख अर्जुन खालिङ, विद्यार्थी फ्याक्स इन्चार्ज प्रदीप राई, जनसांस्कृतिक महासंघ संयोजक संगम राई, वाईसीएल संयोजक सार्जन राईलाई तोकिएको हो भने सातै वडाको संयोजक पनि टुंगो लगाईएको छ ।

पार्टीको आगामी असोज १५ गतेसम्म पार्टीमा आस्थावान ब्यक्तिले सदस्यता नवीकरण गराई सक्नुपर्ने , पालिका र वडा सम्मेलन आगामी मङ्सिरभित्र गरिसक्नु पर्ने लगायतका बिषयमा छलफल भएको जिल्ला समन्वय समिति सदस्य तथा गाउँपालिका पार्टी सहसचिव अजय किराँतिले जानकारी राईले जानकारी दिनुभयो ।

कार्यक्रम माप्य दुधकोशी गाउँपालिका पार्टी अध्यक्ष प्रकाश राईको अध्यक्षता तथा सोलुखुम्बु जिल्ला समन्वय समितिको संयोजक गोम्बु शेर्पाको (कर्ज्याङ) को प्रमुख आतिथ्यता तथा सचिव असिम राईको बिशिष्ट आथित्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा माओवादी केन्द्र सोलुखुम्बु समन्वय सह-सचिव गौरव राई, माओवादी केन्द्र जिल्ला समन्वय समितिका सदस्यहरु, अनेरास्ववियु क्रान्तिकारीका सचिव लगायत जिल्ला सदस्य तथा पार्टी नेता तथा कार्यकर्ताहरुको उपस्थित रहेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार