कांग्रेस अधिबेशन : सोलुदुधकुण्डमा सोनाम ग्याल्जेनको अग्रता

नेपाली कांग्रेसको १४ औँ महाधिबेशन अन्तरगत सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा जारी अधिबेशनबाट नगर समिति निर्वाचनको माध्यमबाट टुंगो लगाइदैछ ।

जारी मतगणनामा कांग्रेस नेता बल बहादुर केसी पक्षका उम्मेदवार मिङमार दोर्जी शेर्पाभन्दा अर्का कांग्रेस नेता आङगेलु शेर्पा पक्षका सभापति उम्मेदवार सोनाम ग्याल्जेन शेर्पा अघि देखिएका छन् । १८० मत मध्ये १०० मतगणना हुँदा सोनाम ग्याल्जेनले ५६ मत पाएका छन् भने मिंमार दोर्जीले ३६ मत पाएका छन् ।

पदाधिकारी चयनका लागि भएको निर्वाचनमा यो समाचार तयार पार्दासम्म नेता शेर्पा पक्षधर प्यानलनै मत परिणाममा अघि देखिएका छन् । अन्य ७ स्थानीय तहको कांग्रेस नेतृत्वको टुंगो लागिसकेको छ । माप्य दुधकोशी गाउँपालिकाको कांग्रेस सभापतिमा नविन कार्की निर्विरोध चयन भएका छन् ।

नेचासल्यान र लिखुपिकेमा निर्वाचनबाट नेतृत्व टुंगो लगाइएको छ । लिखुपिकेमा शेर्पा निकटका सुरज बस्नेत र नेचासल्यानमा केसी निकटका निर कुमार शर्मा विजयी बनेका छन् । थुलुङ दुधकोशी गाउँपालिकामा भक्त बहादुर गुरुङ सभापतिमा निर्वाचित बनेका छन् । उनी नेता केसी पक्षधर मानिन्छन् ।

खुम्बु पासाङल्हामूमा चुङबा शेर्पा, सोताङमा कृष्ण कार्की र महाकुलुङमा बल कुमार कुलुङ सर्वसम्मत सभापति बनेका छन् । तीनै सभापति शेर्पा निकट मानिन्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार