सोलुदूधकुण्ड नगरपालिकामा सोनामग्याल्जेनको प्यानल विजयी

सोलुखुम्बु। सोलुखुम्बुको नेपाली कांग्रेस सोलुदुधकुण्ड नगरपालिकाको नगर कार्यसमितिको सभापतिमा भारी मत अन्तरले सोनाम ग्याल्जेन शेर्पासहित सबै प्यानल बिजयी भएको छ।

पार्टीको १४ औं महाधिवेशनका क्रममा भएको नगरअधिबेशनले शेर्पालाई सभापतिमा निर्बाचित गरेको हो। मतदानमा खसेको कुल १८० मत मध्ये शेर्पाले १०१ मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिद्वन्द्वी मिङमार शेर्पाले ६६ मत प्राप्त गरेको निर्बाचन समितिले जनाएको छ । खसेको मध्ये १३ मत बदर भएको थियो।

नगर सभापतिमा निर्बाचित शेर्पा पूर्ब कांग्रेस जिल्ला सभापति आङगेलु शेर्पा र मिङमार पूर्बमन्त्री बलबहादुर केसी समूहका हुन्। दुवै समूहले छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए। यस निर्बाचनलाई दुबै समूहले प्रतिष्ठाको बिषय बनाएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार