प्रबन्धकद्वय उपाध्याय र खड्का सम्मानित

सोलुखुम्बु। ६६ औँ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिएको छ।

सो अवसरमा यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सल्लेरी शाखाका प्रबन्धक भानुभक्त उपाध्याय र राष्ट्रिय वाणिज्य बैंक सल्लेरी शाखाका प्रबन्धक चित्र खड्कालाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले एक कार्यक्रमको आयोजना गरि कदर पत्रले सम्मान गरेको हो।

‘समूदाय-प्रहरी साझेदारी’ अवधारणा अनुसार शान्ति सुरक्षा अमनचयन कायम गर्न तथा अपराधको रोकथाम नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउन सहयोग गरेको भन्दै प्रहरीले सम्मान गरेको जनाएको छ।

उहाँहरूले व्यक्तिगत तथा संस्थागत रूपमा समेत जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुलाई स्वास्थ्य सामग्री लगायतको सहयोग गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार