नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा

नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । आज बङ्गलादेशविरुद्ध महत्वपूर्ण खेलमा बराबरी गर्दै नेपालले फाइनलको यात्रा तय गरेको हो ।

राउन्ड रोबिनका आधारमा खेलाइएको खेलमा नेपालका लागि बराबरी पर्याप्त थियो । खेलको नवौं मिनेटमा नेपाल १-० ले पछि परेको थियो । तर, खेलको अन्ततिर अञ्जन बिष्टले पेनाल्टीमार्फत् गोल गरी टोलीलाई फाइनलमा पुर्याएका थिए ।

खेलको अन्ततिर बङ्गलादेशका खेलाडी रातो कार्ड खाएर बाहिरिएका थिए । त्यसपछि नेपाल खेलमा झन् हावी भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार