हावाहुरीसहित भारी वर्षा

देशका विभिन्न स्थानमा हावाहुरीसहित वर्षा भएको छ । गएराति काठमाडौं उपत्यकालगायत देशका विभिन्न भूभागमा हावाहुरीसहित वर्षा भएको हो ।

भारतको आन्द्र प्रदेश तथा ओडीसाको तटीय क्षे आसपास रहेको न्यून चापिय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले हिजो आंशिक देखि सामान्य बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देखि केही दिन देशभर सामान्यदेखि पूर्ण बदली भई धेरैजसो स्थानहरुमा हल्का देखि मध्यम वर्षा र केही स्थानहरुमा मेघ गर्जन र हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भू भागहरुमा हिमपातको सम्भावना रहेको छ ।

आज दिउँसो प्रदेश १, २, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र कणाली प्रदेशका केही स्गथानहरुमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति पनि वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।रिपोर्टर्सनेपाल डटकमबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार