अर्जुन खालिङ / सोलुखुम्बु । नेकपा एमाले माप्य गाउँपालिका कमिटीको अधिवेसन अनिश्चित भएको छ।
प्राबिधिक कारण देखाउदै आज हुने भनिएको पालिका कमिटी अधिवेशन आकस्मिक बैठक बसि स्थगित भएको हो ।
सम्पुर्ण तयारी पूरा भए पश्चात् अर्को बैठक बसी अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको माप्यदूधकोशी गाउँपालिका कमिटी अध्यक्ष जुनिता माया मगर र सचिव हाकिमध्वज राईद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ।