नेपाली कांग्रेसको १४औं महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरिएको छ ।
नयाँ कार्यतालिका अनुसार कात्तिक २७ गते बांकी रहेका वडा र कात्तिक ३० गते पालिका अधिवेशन (वडा/पालिका अधिवेशन हुन नसकेका १३ जिल्लामा) गर्ने निर्णय भएको जनाइएको छ।
त्यस्तै, मंसिर ३ गते प्रदेश सभा अधिवेशन, मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन, मंसिर १० गते जिल्ला अधिवेशन, मंसिर १६ र १७ गते सात वटै प्रदेशको अधिवेशन र मंसिर २७ देखि पौष १ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय भएको कांग्रेस स्रोतले जनाएको छ।