कांग्रेस नेता शेर्पाको सहयोगमा सय परिवारलाई कोभिड राहत

सोलुखुम्बु । नेपाली कांग्रेसका यूवा नेता कर्मा शेर्पाको सहयोगमा सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाका एक सय परिवारलाई कोभिड राहत  स्वरूप कृषि सामाग्री वितरण गरिएको छ ।

नेता शेर्पाले उपलब्ध गराएको कोभिड राहत  सामग्री सामना महिला संस्थामार्फत वितरण गरिएको हो।

कोरोना महामारीबाट प्रभावित महिलाहरुको कृषि कर्मलाई बढवा दिन ग्रिन हाउस वितरणका लागि उपलब्ध गराएको कांग्रेसका वन, वातावरण तथा विपत व्यवस्थापन समितिका केन्द्रिय सदस्य शेर्पाले जानकारी दिनुभयो ।

उहाँ कांग्रेसको आसन्न अधिबेशनमा सोलुखुम्बु प्रदेश सभा ‘ख’मा सभापतिको उम्मेदवार समेत हुनुहुन्छ । अघिल्लो बर्ष कोरोनाको पहिलो लहरपछि महिलाको आयआर्जन संग जोडेर ‘आशाको विऊ’नामक परियोजना संचालन गर्नुभएका शेर्पाले दोस्रो लहरपछि उत्पादनमा लागेका महिलाहरुलाई प्रोत्साहनका लागि ग्रिन हाउस उपलब्ध गराएको बताउनुभयो ।

सानो सहयोगले पनि महिलाहरुमा कृषि उत्पादनमा थप उत्साह थप्ने उहाँको अपेक्षा छ। वेमौसमी कृषि उत्पादनका लागि उपयुक्त मानिएको ग्रिन हाउस उत्पादनसंग जोडिएका र कोरोनाबाट प्रभावित महिलालाई उपलब्ध गराएको सामना महिला संस्थाकी अध्यक्ष टंकीमाया बस्नेतले बताउनुभयो ।

सोलुदुधकुण्ड नगरपालिका ५ मा ३० थान, वडा नं ६ मा २० थान, वडा नं ३ मा २५ थान ग्रिन हाउस वितरण गरिएको र बाँकी २५ थानका लागि नयाँ वडा छनौट गरिने अध्यक्ष बस्नेतको भना छ ।

कृषि उत्पादनसंग जोडिएका, स्थानीय बजारसम्म पुगेर विक्री गर्दै आएका वा तरकारी उत्पादनमा सक्रिय रहेका महिलाहरु छनौटमा परेका र ग्रिन हाउस पाएपछि महिला कृषकहरु खुसी भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार