फुटसलको उपाधि सोलुदूधकुण्ड यूथ क्लबलाई

सन्तोष राउत/सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा भएको खुला फुटसल प्रतियोगिताको उपाधि सोलुदूधकुण्ड यूथ क्लबको ए टिमले जितेको छ।

शुभ दीपावली तथा छठ पर्वको अवसरमा सोलुदूधकुण्ड यूथ क्लबले आयोजना गरेको प्रतियोगिताको फाइनल खेलमा निर्धारित समयमा दुई दुई गोल भएपछि खेल ट्राइब्रेकरमा गएको थियो।

ट्राइब्रेकरमा सोलु यूथ क्लबको बी टिमलाई ३-२ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो। प्रतियोगितामा जिल्लाभित्रका २० टिम सहभागी भएका थिए। प्रतियोगितामा सोलुदूधकुण्ड यूथ क्लबकै सी टिम तेस्रो भएको छ।

प्रथम र द्वितीय  स्थान हासिल गर्ने टिमले क्रमशः ३५ हजार, २५ हजार नगदको साथमा कप, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। तृतीय हुनेलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार