वडास्तरीय भलिबलको उपाधी हिमालय मावि वाकु र सोताङलाई

अर्जुन खालिङ/माप्य दुधकोशी, सोलुखुम्बु। वडास्तरीय महिला तथा पुरुष भलिबलको उपाधी महिलातर्फ माप्य दुधकोशी गाउँपालिका ७ को हिमालय मावि वाकु हाकुला र पुरुषतर्फको उपाधी सोताङ गाउँपालिका ३ ले हात पारेका छन् ।

सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका ४ काकुमा शुभ-दिपावलीको अवसरमा न्यु भिजन स्टार क्लबद्वारा आयोजित अन्तर वडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिला ११ र पुरुष २८ टिम गरी जम्मा ३९ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगितामा महिलातर्फ दोस्रो स्थान सोताङ – १ पावै, तेस्रो स्थान माप्य दुधकोशी – ५ काकु र सान्त्वना माप्य दुधकोशी – ३ बासाले हात पारेका छन् भने पुरुषतर्फ दोस्रो स्थान सोताङ – १ पावै , तेस्रो स्थान माप्य दुधकोशी – ५ काकु र सान्त्वना स्थान माप्य दुधकोशी – २ बासाले जितेका छन् ।

प्रतियोगितामा प्रथम ,द्वितिय, तृतीय हुने टिमलाई क्रमशः ३० हजार २० हजार र १५ हजार रूपियाँ नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। सान्त्वना हुने टिमले नगद पाँच हजार रूपियाँ प्रदान गरिएको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी बबिना राई र बिजय रजान मगर, उत्कृष्ट स्पाईकर चांदनी राई र प्रकाश् बस्नेत, उत्कृष्ट सेटर संगीता राई र यमन गुरुङ, उत्कृष्ट ब्लकर मनिसा राई र मदन बस्नेत, उत्कृष्ट सर्भर नबिना राई र प्रेम तामाङ, उत्कृष्ट डिफेन्डर अर्पना राई र पदम कटुवाललाई ट्रफी प्रदान गरिएको आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार