विश्वकै लामो रेडियो अन्तर्वार्ता शुरु, २४ घण्टे विश्व रेकर्ड ब्रेक गर्ने तयारी

विश्वकै लामो रेडियो अन्तर्वाता शुरु गरिएको छ । डेढ दशकदेखि सोलुखुम्बुलाई आधार बनाएर पत्रकारिता गरिरहेका भानुभक्त निरौलाले विश्वमै लामो रेडियो अन्तर्वार्ता शुरु गर्नुभएको हो।

सोलुखुम्बु नेचासल्यान १ का निरौला हाल हिमाल एफ. एम. को प्रबन्ध निर्देशक तथा कान्तिपुर टेलिभिजन र कान्तिपुर दैनिकमा रिर्पोटिङ गर्नुहुन्छ ।

गिनिज बुक अफ वल्ड रेकर्डमा नाम दर्ज गर्ने हेतुले शुरु गरिएको ‘सबैभन्दा लामो रेडियो अन्तर्वार्ता’ सोमबार विहान ७.३५ देखि शुरु गरिएको छ । एफएमको चावहिल स्थित शाखा स्टुडियोमा भईरहेको अन्तर्वार्ता सोलुखुम्बुमा रहेको हिमाल एफ.एम.९०.२ मेगाहर्ज र ‘डब्लुडब्लुडब्लुडटहिमालएफएमडटकम’बाट प्रत्यक्ष प्रसारण सुन्न सकिनेछ ।

कम्तीमा ३० घण्टा अन्तर्वार्ता लिने तयारी गरेका निरौलाले २४ घण्टा पार गर्न सके गिनिज बुकको यस अघिको रेकर्ड ब्रेक हुनेछ। पत्रकार निरौलासंगै जवाफकर्ताको रुपमा सोलुखुम्बुका पर्यटनविद् आङफिन्जो शेर्पा सहभागी हुनुहुन्छ । अन्तर्वार्ता ‘पर्यटन र जलवायू परिवर्तनको असर’ विषयमा केन्द्रीत छ ।

अहिले ‘लङगेष्ट रेडियो इन्टरभ्यू’रेकर्ड अष्ट्रेलियाका एक पत्रकार र स्पोर्टस म्यानको नाममा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार