प्रदेश सभा ‘क’ को सभा उपाध्यायको उमेदवारी

सोलुखुम्बु । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सोलुखुम्बुको प्रदेशसभा ‘क’ बाट उपाध्यक्षमा भानुभक्त उपाध्यायले उमेदवारी घोषणा गर्नुभएको छ।

प्रदेश सभा अधिबेशनको पुर्व सन्ध्यामा उपाध्यायले प्रदेशसभा क का सभापतिका उम्मेदवार रोशन बाबु थुलुङको समूहबाट उपसभापति पदमा उम्मेदवारी दिने बताउनुभएको छ।

विगत लामो समयदेखि नेपाली काङ्ग्रेसको विभिन्न क्षेत्रमा योगदान गरिसक्नु भएका उपाध्यायले उम्मेदवारी घोषणा गर्दै पार्टीलाई अब्बल बनाएर स्थानीय तथा संसदीय निर्वाचनमा नेपाली कांग्रेसको विजय निश्चित गर्न आफूले उम्मेदवारी घोषणा गरेको उपाध्यायले बताउनुभयो।

सिंगो पार्टी पंक्तिलाई संस्थागत ढंगले अघि बढाउन पनि आफूले पार्टीको जिम्मेवारीमा बसेर काम गर्न चाहेको भन्दै आफूले लामो समयदेखि पार्टीमा योगदान गरेको उहाँको भनाइ छ।

सोलुखुम्बुको कांग्रेसलाई गुटगत राजनीतिबाट मुक्त गरेर कार्यकर्तालाई कांग्रेसी हुँ भन्ने गर्व गर्न लायक बनाउदै पार्टीका तमाम विवादको समस्या समाधानका लागि अब पार्टीमा युवा नेतृत्वको आवश्यकता रहेको उहाँले बताउनुभयो।

आगामी निर्वाचनमा पार्टीका उमेदवारलाई जिताउन आआफ्नो क्षेत्रबाट संगठन विस्तार, नेता कार्यकर्तामा पार्टीको सिद्धान्त र अन्य विभिन्न प्रकारका अन्तर्क्रिया गोष्ठी मार्फत कार्यक्रम सञ्चालन गर्ने उहाँको योजना छ।

उहाँले वृद्ध नेतालाई सम्मान, जूनियर नेता कार्यकर्तालाई संरक्षण र सम्मान समकक्षीलाई प्रोसहन र सम्मान गर्न सक्ने क्षमता भएका युवा नेतालाई मतदान गर्न सबै क्षेत्रीय प्रतिनिधिहरूलाई कुनै प्रलोभनमा नपरी नेतृत्व चयन गर्न आग्रह गर्नुभयो।

‘अवसर पाएर पनि काम नगर्नेलाई भोट दिएर खेर नफलाऔं, अवसर नपाएर पनि काम गरेका व्यक्तिलाई अवसर दिउँ’, उहाँले आग्रह गर्नुभयो।

पार्टीको आन्तरिक विवाद मिलाउनु भन्दा पार्टीको भर्याङ्ग चढेर जहिले पार्टीभित्र विवाद ल्याउने नेताहरूलाई १४ औं महाधिवेशनमा छानी छानी ससम्मान बिदाई गरी राम्रालाई विजय गराउन उहाँले अपिल गर्नुभएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार