कांग्रेस सोलुखुम्बु प्रदेश सभा ‘क’को सचिवमा आचार्यको उम्मेद्वारी

सोलुखुम्बु । नेपाली कांग्रेसको १४ औँ महाधिबेशन अन्तरगत सम्पन्न हुने सोलुखुम्बुको प्रदेश सभा ‘क’को सचिव पदमा विद्यार्थी नेता बाबुराम आचार्यले उम्मेद्वारी घोषणा गर्नुभएको छ।

विद्यार्थी राजनितिमा सक्रिय आचार्यले केही दिनमै हुने प्रदेश सभा अधिबेशनमा कांग्रेस नेता रोशन बाबु थुलुङको प्यानलबाट सचिव पदमा उम्मेदवारी दिने बताउनुभयो । आचार्यले कांग्रेस पार्टी सृदृढिकरणका लागि यूवाहरु नेतृत्वमा आउन आवश्यक रहेकाले आफूले हिम्मत गरेको बताउनुभयो ।

जिल्लामा लामो समय विद्यार्थी राजनिति गरे, यो पटक कांग्रेसको मूलधारको राजनितिमा प्रवेश गर्ने आँट गरेको छु, मलाई लाग्छ, क्षेत्रीय प्रतिनिधिहरुमा पनि यूवाहरुले अवसर पाएकाले नेतृत्वमा पनि यूवा उम्मेद्वारलाई सहयोग गर्नुहुन्छ भन्ने विश्वास राख्दछु’-नेता आचार्यले भन्नुभयो। कांग्रेस नेता आङगेलु शेर्पा पक्षघर मानिने आचार्यले कांग्रेसभित्रको वेतिथी सुधारको लागि पनि आफूलाई मतदान गर्न आग्रह गर्नुभयो।

आफूले निर्वाचन जिते नेताहरुमा बढेको तिक्तता कम गर्न र पार्टीलाई विधि विधानको लयमा अघि बढाउन भूमिका खेल्ने उहाँको भनाइ छ । निर्वाचनमा विचार मिल्ने साथीहरु बिच प्यानल बनाएर निर्वाचनमा जाने परिपाटीलाई अस्वभाविक ठान्न नमिल्ने बताउने आचार्यले नेतृत्वमा पुग्नेहरुले पराजित बनेकालाई कस्तो व्यवहार दर्शाउछन् भन्ने मुख्य चिन्ताको विषय हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।

स्वच्छ विचार र दृष्ट्रिकोण बोक्ने नेता वा प्यानललाई जिताउन क्षेत्रीय प्रतिनिधिहरु अग्रसर हुनुपर्ने र राम्रा नेतालाई नेतृत्वमा पुर्‍याउन सकेमात्र कांग्रेसको गति बढ्ने उहाँको मत छ। संघीय संरचना लागू भएपछिको पहिलो महाधिबेशनमा यूवा नेतृत्वमा आउनुपर्छ भन्ने तपाईको विचार हो भन्ने प्रश्नमा प्रदेश सचिव उम्मेद्वार आचार्यले नेतृत्वमा यूवा र अनुभवी नेताको मिश्रण आवश्यक रहेको बताउनुभयो ।

अग्रज नेताको अनुभव र यूवा नेताको जोशलाई समायोजन गर्न सके मात्र कांग्रेसलाई अग्रणी दलको रुपमा स्थापित गराउन सकिने भएकाले पार्टीलाई गतिशिल बनाउन ऊर्जाशील भूमिकाका लागि आफूलाई मतदान गर्न उहाँको आग्रह छ।

‘काम गर्ने मनसाय सहित राजनिति गरेकाले आफ्नो मानो खाएर पार्टीको संगठन निर्माणमा सक्रिय हुने प्रतिबद्धता मेरो छ,’ उहाँले भन्नुभयो। विद्यार्थी जीवनमा आफ्नो सक्रियतालाई मनन गरेर पनि प्रतिनिधिहरुले प्रदेश सचिवमा जिताउने पुर्ण विश्वास रहेको उहाँको भनाइ छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार