कांग्रेस सोलुखुम्बुको प्रदेश अधिबेशन दुई दिन सर्यो

कात्तिक २७ का लागि तय भएको नेपाली कांग्रेस सोलुखुम्बुको प्रदेश सभा क्षेत्रीय अधिबेशन दुई दिन सारिएको छ ।

शनिबार हुने भनिएको प्रदेश अधिबेशन सोमबारका लागि तय भएको जिल्ला निर्वाचन अधिकृत कैलाश गुरुङले जानकारी दिनुभयो। अब दुवै प्रदेश समितिहरुमा सोमबार विहान ८ बजेबाट निर्वाचन प्रकृया शुरु हुने छ ।

प्रदेश सभा ‘क’ को थुलुुङ दुधकोशी पालिकाको केन्द्र मुक्लिमा र प्रदेश सभा ‘ख’ को सोलुदुधकुण्ड नगरपालिकाको केन्द्र सल्लेरीमा हुने बताईएको छ । त्यस्तै जिल्ला अधिबेशन भने मंसिर १ गते सदरमुकाम सल्लेरीमा हुने भएको छ । जिल्ला अधिबेशनमा ९ सय भन्दा बढी क्षेत्रीय प्रतिनिधिहरु सहभागि हुनेछन् ।

अहिले चुनावको अन्तिम तयारीमा दुवै समुह लागि परेका छन् । जिल्लामा पुर्व मन्त्री बल बहादुर केसी र पुर्व पार्टी सभापति आङगेलु शेर्पा समुह प्यानल खडा गरेरै चुनावी मैदानमा उत्रिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार