वडास्तरीय भलिबलको उपाधी माप्यदुधकोशी र सोलुदुधकुण्डलाई

अर्जुन खालिङ/सोलुखुम्बु । अन्तर वडास्तरीय भलिबलको उपाधी महिलातर्फ माप्य दुधकोशी गाउँपालिका ५ काकु र पुरुषतर्फ सोलु दुधकुण्ड नगरपालिका ८ केरुङले हात पारेको छ ।

नेपाल तरुण दल थुलुङ दुधकोशी गाउँपालिका ८ द्वारा आयोजित प्रतियोगितामा सोताङ गाउँपालिका १ पावै र माप्य दुधकोशी गाउँपालिका ५, दोस्रो र माप्य दुधकोशी २ बासा र सोलु दुधकुण्ड १० टाप्टिङले तेस्रो स्थान हासिल गरेका छन् ।

सोताङ २ पावै र सोताङ ५ ले सान्त्वना स्थान हासिल गरेका छन् । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो, हुने टिमलाई क्रमशः ३० हजार, २० हजार, १० हजार नगदको साथमा ट्रफी ,मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

सान्त्वना हुने टिमलाई नगद ५ हजार प्रादान गरिएको छ ।प्रतियोगिताको उत्कृष्ट खेलाडी माप्य दुधकोशी ५ का नबिना राई र सोलु दुधकुण्ड ८ का सुमन मगर रहेका छन् । उत्कृष्ट खेलाडीलाई ट्रफी ,मेडल र प्रमाणपत्र प्रदान गरिएको छ आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार