सोलुखुम्बु प्रदेश सभा ‘क’ मा धनजन राईको प्यानलै विजयी

नेपाली कांग्रेस सोलुखुम्बु प्रदेश सभा ‘क’ को सभापतिमा धनजन राई निर्वाचित भएका छन् ।

भर्खर सम्पन्न मतगणना अनुसार राईले २५८ मत ल्याउदा उनको प्रतिद्वन्द्वी रोशन बाबु थुलुङले १६५ मत ल्याए । सभापतिमा ९३ बढि मतले राईले सभापति जितेका हुन् । सभापतिमा राईसंगै उनको प्यानलै विजयी भएको तर आधिकारिक घोषणा बाँकी रहेको कांग्रेस स्रोतले जनाएको छ ।

फुर्तीमान तामाङले २६८ र टार्जन कुलुङ राईले २६३ मत ल्याएर उपसभापतिमा निर्वाचित बनेका छन् भने विजय गुरुङले २४५ र हेमराज भट्टराईले २२६ मत ल्याएर सचिव, भिमचन्द्र राईले २४६ र तेज बहादुर बस्नेतले २३७ मत प्राप्त गरि सह–सचिवमा निर्वाचित बनेका छन् ।

राई पुर्व मन्त्री बल बहादुर केसी र थुलुङ पुर्व पार्टी सभापति आङगेलु शेर्पा निकट मानिन्छन् ।

प्रदेश सभा ‘ख’ मा कर्मा शेर्पाले अग्रता कायम राखेका छन् । पछिल्लो मत परिणाम अनुसार शेर्पाले १६९ मत ल्याउदा उनका प्रतिद्वन्द्वी प्रेम बहादुर थापाले १०४ मत ल्याएका छन् । मतगणना जारी छ ।

शेर्पा पुर्व पार्टी सभापति आङगेलु शेर्पा पक्षधर नेता हुन् भने थापा पुर्व मन्त्री बल बहादुर केसी पक्षधर मानिन्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार