कांग्रेस सोलुखुम्बु प्रदेश सभा ‘ख’ मा शेर्पाको प्यानलै विजयी

नेपाली कांग्रेस सोलुखुम्बुको प्रदेश सभा ‘ख’ मा कर्मा शेर्पाको प्यानलै विजयी बनेको छ ।

निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी प्रेम बहादुर थापालाई ११० मतको भारी मतान्तरले हराउदै शेर्पा क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन् । उनीसंगै प्यानलै विजयी भएको छ । शेर्पाले २६५ मत प्राप्त गर्दा थापाले १५५ मत ल्याए ।

शेर्पाको टिमबाट उपसभापतिमा ज्ञानेन्द्र जंग बस्नेत र ङिमा तेन्जिङ शेर्पा, सचिवमा भलाकाजी कार्की र चन्द्र बहादुर कार्की, सह–सचिवमा मिंमार राई र सर्कीफुटी शेर्पा निर्वाचित बनेका छन् ।

प्रदेश प्रतिनिधि खुला तर्फ देण्डी शेर्पा, प्रकाश बस्नेत, ल्हाक्पा शेर्पा, भाईकाजी मगर, ङवाङ ल्हाक्पा शेर्पा, लाक्पा दोर्जी शेर्पा, विकास राई, मूना बस्नेत, डोमा शेर्पा र पुर्णिमा तामाङ विजयी बनेका छन् ।

त्यस्तै, खस आर्य तर्फ शेर बहादुर बस्नेत र विनिता थापा, आदिबासी जनजाती तर्फ भूपाल राई, पासाङ तामाङ, सानुमाया राजभण्डारी र दावा याङटी शेर्पा, दलित तर्फ धन बहादुर विक र अल्पसंख्यक प्रतिनिधिमा तारा बहादुर बस्नेतले जित हासिल गरेका हुन् ।

विजयी शेर्पा पुर्व पार्टी सभापति आङगेलु शेर्पा निकट मानिन्छन् भने पराजित थापा पुर्व मन्त्री बल बहादुर केसी निकटका नेता हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार