कांग्रेस प्रदेश ‘ख’को पहिलो बैठक : मतदातालाई धन्यवाद ज्ञापन, जिल्ला सभापतिको निर्वाचनमा शेर्पाको पक्षमा मतदान गर्ने

नेपाली काँग्रेस सोलुखुम्बुको प्रदेश सभा ‘ख’ को नयाँ कार्य समितिको पहिलो बैठक बसेको छ । आज बसेको बैठकले निर्वाचनमा जिताउनका लागि मतदान गर्ने क्षेत्रीय प्रतिनिधिलाई धन्यवाद ज्ञापन गरेको छ ।

बैठकले जिल्ला सभापति पदका लागि हुने निर्वाचनमा नाम्गेलजाङबु शेर्पालाई जिताउन मतदान गर्ने निर्णय गरेको नवनिर्वाचित सभापति कर्मा शेर्पाले जानकारी दिनुभयो ।

रुपान्तरण सहितको नेतृत्व पुस्तान्तरणका लागि जिल्ला सभापतिका उम्मेदवार शेर्पालाई मतदान गर्ने सर्वसम्मत निर्णय भएको र सोही निर्णय अनुसार क्षेत्रीय प्रतिनिधिहरुलाई सूचना सम्प्रेषण गरिने उहाँको भनाइ छ।

बैठकले वडा, पालिका, क्षेत्र, जिल्ला र महाधिबेशन प्रतिनिधिमा विजयी बनेका कांग्रेसका नेताहरुलाई बधाई ज्ञापन समेत गरेको छ ।

आफू नेतृत्वको समिति पार्टीको संगठन सुदृढिकरणमा लाग्ने बताउदै शेर्पाले त्यसको लागि कार्यकर्ता प्रशिक्षण, नागरिकको जनजीविकासंग सम्बन्धीत कार्यक्रम संचालन गर्ने बताउनुभयो ।

आगामी निर्वाचनमा सोलुलाई कांग्रेसमय बनाउन सक्रिय भूमिका निर्वाह गर्ने सभापति शेर्पाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार