कांग्रेस सोलुखुम्बुको सभापतिमा शेर्पा भारी मतान्तरले विजयी

सन्तोष राउत/सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बुको सभापतिमा नाम्गेलजाङ्बु शेर्पा भारी मतान्तरले विजय हुनुभएको छ।

आज भएको दोस्रो चरणको निर्वाचनमा ८९७ मत खसेकोमा शेर्पाले १४२ मतान्तरले जीत हासिल गर्नुभएको हो।

शेर्पाले कुल खसेको मतमा ५१३ मत प्राप्त गर्नुभएको छ भने अर्का सभापतिका उम्मेदवार विनोद कुमार बस्नेतले ३७१ मत प्राप्त गर्नुभएको छ।

मंगलबार दिउँसो देखि शुरु भएको मतदान साँझ ६ बजेको पेरिफेरीमा सकिएको थियो । ९२३ क्षेत्रिय प्रतिनिधि रहेको सोलुखुम्बुमा पहिलो चरणको निर्वाचनमा ८८२ मत खसेको थियो । सभापति मात्र चयनका लागि भएको दोस्रो चरणको निर्वाचनमा १५ मत बढि खसेको थियो ।

पहिलो चरणमा पूर्व महाधिवेशन प्रतिनिधि राम बहादुर बस्नेतको सहित तीनजनाको उम्मेदवारी परेपछि नेपाली काङ्ग्रेसको विधान अनुसार ५० प्रतिशत मत कसैको नआएपछि पहिलो र दोस्रो मत ल्याउने बिचमा दोस्रो चरणको निर्वाचन भएको हो।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार