बंगालमा ‘जवाद’ सामुन्द्रिक आँधी, नेपालमा भाेलिबाट अर्काे माैसमी प्रणाली

काठमाडौं।बंगालको खाडीको मध्यपश्चिम भूभागमा ‘जवाद’ नामक सामुन्द्रिक चक्रवात बनेको छ। उक्त चक्रवात आज शनिबार बिहान भारतको ओडिसाको तटीय क्षेत्रमा पुग्ने र तत्पश्चात उत्तर उत्तर पूर्व तर्फ सर्ने देखिएको छ ।

उक्त चक्रवातका कारण नेपालमा खासै ठूलो प्रभाव पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । विशेष बुलेटिन जारी गर्दै महाशाखाले चक्रवातको अप्रत्यक्ष प्रभावले शनिबार रातिबाट प्रदेश १, २ र बागमतीमा आंशिकदेखि सामान्य बदली रहने छ । ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको र एक(दुई स्थानमा हल्का वर्षाको आँकलन गरिएको छ ।

सोमबार बाट क्रमशः यो प्रणालीको प्रभाव नेपालमा कम हुँदै जाने देखिन्छ ।‘आइतबारबाट पुनः अर्को पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव देशमा पर्न सक्ने सम्भावना देखिएको छ,’ महाशाखाले भनेको छ, ‘सो पश्चिमी न्यून चापिय प्रणालिको प्रभावले आइतबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा र सो प्रदेशहरुको उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको संभावना रहेको छ।’

सोमबार सो प्रणालीले देशभर प्रभाव पारी केही स्थानमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको संभावना रहेको छ ।

आइतबार राति र सोमबार दिउँसो सो प्रणालीका कारण सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा भारी हिमपातको समेत सम्भावना रहेको छ । सो प्रणाली सोमबार रातिबाट कमजोर बन्दै जाने छ ।

विशेष बुलेटिन २:  हिउँदे मौसमको अपडेट  

(जारी मितिः २०७८/०/१ विहान :०० बजे)

बंगालको खाडीको मध्य पश्चिम भु-भागमा हिजो (२०७८/०८/१७ गते) जवाद (JAWAD)  नामको सामुन्द्रिक चक्रवात बनेको छ। सो चक्रवात आज विहान ओडिसाको तटिय क्षेत्रमा पुग्ने  र तत्पश्चात उत्तर उत्तर पुर्व तर्फ सर्ने देखिएको छ।सो चक्रवातका कारण नेपालमा खासै ठुलो प्रभाव पर्ने संभावना नरहेता पनि यसको अप्रत्यक्ष प्रभावले आज राती वाट प्रदेश नं १ , प्रदेश नं २ र बाग्मती प्रदेशमा आंशिक देखि सामान्य बदली भई सो प्रदेशका उच्च पहाडी तथा हिमाली भु-भागहरुका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ भने सो प्रदेशका एक-दुई स्थानहरूमा हल्का वर्षाको संभावना रहेको छ।

आउँदो सोमबार बाट क्रमशः यो प्रणालीको प्रभाव नेपालमा कम हुँदै जाने देखिन्छ ।

भोली आइतबार बाट पुनः अर्को पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव देशमा पर्न सक्ने संभावना देखिएको छ। सो पश्चिमी न्यून चापिय प्रणालिको प्रभावले आईतबार देशको सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली भई केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा र सो प्रदेशहरुको उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।

सोमबार सो प्रणाली ले देशभर प्रभाव पारी केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।आईतबार राती र सोमबार दिउसो सो प्रणालीका कारण सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु_भागहरुका एक-दुई स्थानहरूमा भारी हिमपातको समेत संभावना रहेको छ।सो प्रणाली सोमवार राती बाट कमजोर बन्दै जाने संभावना रहेको छ।

यी मौसमी प्रणालीहरुका कारण पर्वतारोहण, हवाई/यातायत लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसो वाट बच्न र हिमपातवाट हुन सक्ने प्रभाव वाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

मौसम पूर्वानुमान महाशाखाले माथी उल्लिखित दुबै प्रणालीहरुलाई निरन्तर अनुगमन गरिरहेको छ र आवश्यकता अनुसार विशेष बुलेटिन जारी गर्नेछ।

यस महाशाखाबाट दैनिक जारी हुने तीन दिने मौसम पूर्वानुमान बुलेटिनमा समेत सोही अनुसार नियमित रूपमा अद्यावधिक गरिनेछ । तसर्थ सम्पूर्णलाई अद्यावधिक मौसमी सुचनाको जानकारी लिन हुन समेत अनुरोध छ।-radionepal.gov.np

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार