थुलुङ दूधकोशीको माओवादी सम्मेलन सम्पन्न (फोटो फिचर)

नेकपा माओवादी केन्द्रका सोलुखुम्बु ईन्चार्ज तथा प्रतिनिधि सभा सदस्य हेमकुमार राई ‘सुरवीर’ले आफु निर्वाचित भएपछि जिल्लामा विकासको लहर चलेको बताएका छन् ।

माओवादी केन्द्र थुलुङ दुधकोशी गाउँपालिकाको पालिका सम्मेलनको उद्घाटन समारोहमा बोल्दै राईले विकास निर्माणका क्षेत्रमा माओवादी केन्द्रले खेलेको भुमिका अतुलनीय रहेको बताए ।ने

कपा माओवादी केन्द्र जिल्ला समन्वय समिति सोलुखुम्बुका अध्यक्ष गोम्बु शेर्पाले जिल्लामा अन्य पार्टीले विकासको नाममा भ्रम मात्र छरेको बताए । अन्य पार्टीमा भएका कार्यकर्तालाई आफ्नौ पार्टीमा आउन आव्हान गर्दै उनले माओवादी पार्टीले मात्रै देशको विकास गर्न सक्ने दाबी गरे ।

थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष तथा माओवादी जिल्ला समन्वय समिति सोलुका सचिव असिम राईले अन्य स्थानीय तहको तुलनामा थुलुङ दुधकोशी गाउँपालिकाले विकासमा फड्को मारेको बताए ।

कार्यक्रममा माओवादी केन्द्रमा आस्था राख्ने हजारौँ नेता तथा कार्यकर्ताको उपस्थिती रहेको युवा नेता भुपेन कटेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार