सोलुखुम्बुको साल्मे सिस्नेरी भीरबाट गाडी ख’स्यो, चालक ग’म्भीर

सोलुखुम्बुको सल्लेरीबाट पत्ताले लागि गुडेको बोलेरो सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ११ स्थित साल्मे सिस्नेरी भीरबाट खसेको छ ।

आज साँझ ७.४५ को समयमा प्रदेश नं १–०७–१००१ च ००१७ नं को बोलेरो सडकबाट करिब ७ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक कवित कटवालले जानकारी दिनुभयो ।

चालक सोलुदुधकुण्ड नगरपालिका ८ का बर्ष ३७ का टिङकु मगरको उद्धार गरिएको छ । उहाँक अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । चालकको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ ।

गाडीमा अन्य यात्रु नभएको प्रहरीले पुष्टि गरेको छ । बोलोरो अनियन्त्रित भएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार