नेपाली कांग्रेसको १४ औं महाधिवेशन वागमती प्रदेशको सभापति भीमसेनदास प्रधानले ईन्द्रबहादुर बानियाँलाई समर्थन गर्ने निर्णय गरेका छन् । आज आयोजित पत्रकार सम्मेलनमार्फत प्रधानले आफ्नो समर्थन बानियाँलाई रहेको प्रतिक्रिया दिए ।
पहिलो चरणको निर्वाचनमा कुनैपनि उम्मेदवारले ५० प्रतिशत मत नकटाएपछि वागमती प्रदेश सभापतिका लागि बानियाँ र जगदीश्वर नरसिंह केसीबीच दोस्रो चरणको निर्वाचन हुँदैछ । निर्वाचनअघि आयोजित पत्रकार सम्मेलनमार्फत प्रधानले आफ्नो समर्थन बानियाँलाई रहेको बताए ।
पत्रकार सम्मेलनमा प्रधानले भने–‘पहिलो हुने निर्वाचित हुने भएको भए ईन्द्रजीले अहिले जितिसक्नुभएको थियो । म चाहन्छु जगदीशजीले पनि ईन्द्रजीलाई सघाउनु राम्रो हुन्छ । निर्वाचन नगरी सहमतिको सन्देश दिऔं ।’ पत्रकार सम्मेलनमा कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतलगायत प्रभावशाली नेताहरुको पनि उपस्थिति रहेको थियो ।रिपोर्टर्सनेपाल डटकमबाट
https://m.facebook.com/story.php?story_fbid=1740910329434899&id=100001914421020